Like us!
Follow us!

हिमालयन पावरसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

हिमालयन पावरसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौंँ - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजार सामान्य वृद्धि भएको छ । अघिल्लो दिन (बुधबार) भने सेयर बजार उच्च अंकले बढेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २.७० अंकले बढेर २८१९.६५ विन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक ०.१० प्रतिशतले बढेको हो । 

बढेको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा हिमालयन पावर पार्टनर लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य ५.०९ प्रतिशतले घटेर ५ सय ४१ रुपैयाँ पुगेको छ  ।

त्यसैगरी, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : युनियन हाइड्रोपावरको ५.०५ प्रतिशतले घटेर ४ सय २३ रुपैयाँ पुगेको छ । शिव श्री हाइड्रोपावरको ४.६७ प्रतिशतले घटेर ४ सय १० रुपैयाँ ३० पैसा पुगेको छ ।  अरुण भ्याली हाइड्रोपावरको ४.३६ प्रतिशतले घटेर ६ सय १४ रुपैयाँ पुगेको छ । पाँचथर पावर कम्पनीको ४.१४ प्रतिशतले घटेर ४ सय ६३ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य पनि घटेको छ । आज हाइड्रोपावरको सेयर मूल्य ४.०२ प्रतिशतले घटेर ४ सय ७८ रुपैयाँ पुगेको छ । नेपाल फाइनान्सको सेयर मूल्य ३.९५ प्रतिशतले घटेर ५ सय ६० रुपैयाँ पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९० प्रतिशतले घटेर ९ सय २५ रुपैयाँ पुगेको छ । यूनिभर्सल पावर कम्पनीको ३.८७ प्रतिशतले घटेर ४ सय ६० रुपैयाँ पुगेको छ र कालिका पवर कम्पनीको सेयर मूल्य ३.६७ प्रतिशतले घटेर ६ सय १६ रुपैयाँ ५० पैसा पुगेको छ । 

614c586202def.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।