लगानी खबर, काठमाडाैँ - नोटलाई जतनसाथ प्रयोग गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेकाे छ । राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै नोटलाई जतनसाथ प्रयोग गर्न आग्रह गरेकाे हाे ।
राष्ट्र बैंकले भनेकाे छ :
नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतीक हो, नोटलाई जतनसाथ प्रयोग गरौं ।
नोटको जतन गर्न मनीब्यागको प्रयोग गर्ने बानी बसालौं ।
नोटमा केरमेट नगरौं, नोटलाई मैलो पार्ने कुनै काम नगरौं, सुकिला नोटको प्रयोग गर्ने बानी बसालौँ।
कारोबारको भुक्तानी दिँदा यथाशक्य विद्युतीय माध्यम, कार्ड वा ई-वालेटको प्रयोग गरौं ।
नोटमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्न गाह्रो हुने र नोटको आयुसमेत घट्ने हुँदा यस्तो कार्य बन्द गरौं ।
धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा रङ, पानी, दुध, रगत आदि नपारौं । बरु खामको प्रयोग गर्ने, दान पेटिकामा खसाल्ने वा रसिद लिई चन्दा दिने गरौं ।
भुक्तानी कारोबार गर्दा जाली वा शंकास्पद नोटहरू पाइएमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौं वा जानकारी दिऔं।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।