लगानी खबर, काठमाडाैँ - कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 
बैंककाे विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेकाे नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।
सेयरधनीहरुले एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपाेखरी, नक्साल, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।
सूचना हेर्नुहाेस् : 
 

                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।