Like us!
Follow us!

'एनएमबि सरल बचत फन्ड - ई' काे बाँडफाँड सम्पन्न

'एनएमबि सरल बचत फन्ड - ई' काे बाँडफाँड सम्पन्न

लगानी खबर, काठमाडाैँ - एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट भदाै २१ गते, साेमबारसम्म निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' बाँडफाँड गरिएकाे छ । 

फण्डमा आवेदन दिने ९२ हजार ५ सय ९४ जना याेग्य आवेदक रहेका थिए । जसमध्ये १०० कित्तादेखि ९ हजार कित्तासम्मका लागि आवेदन दिने ९१ हजार ७ सय १७ जनालाई माग अनुसार, ९ हजार ५ सय कित्तादेखि ३० लाख कित्तासम्म आवेदन दिने ८७७ जनालाई ९ हजार ४ सय ९० कित्ता र बाँकी ७ हजार ९० कित्ता भने ७ सय ९ जना आवेदकहरूलाई गाेलाप्रथाबाट समान १० कित्ता बाँडिएकाे क्यापिटलले जनाएकाे छ । 

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईकाे ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।