Like us!
Follow us!

लगानीकाे अवसर : एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा असोज २५ गतेबाट बजारमा आउँदै

लगानीकाे अवसर : एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा असोज २५ गतेबाट बजारमा आउँदै

लगानी खबर, काठमाडाैँ - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

बैंकले हकप्रद प्रयोजनका लागि असोज १ गते एक दिन बुकक्लोज गरेको थियो त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

लगानीकर्ताले उक्त हकप्रदमा कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । याे हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।