Like us!
Follow us!

बिहीबार घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो  ?

बिहीबार घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो  ?

लगानी खबर, काठमाडौं  - आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

हिजो (बुधबार) तोलाको ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार ५ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

614c0d08b0c04.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।