Like us!
Follow us!

रुरु जलविद्युतको सेयरमूल्य समायोजन,समायाेजनपछि भाउ कति ?

रुरु जलविद्युतको सेयरमूल्य समायोजन,समायाेजनपछि भाउ कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्जमा रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीकाे १० प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता १२ सय ६ रूपैयाँ कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले कम्पनीको हिजो कायम अन्तिम सेयरमूल्य १३ सय २७ रुपैयाँका आधारमा सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारणसभा असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित  गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

त्यसैगरी,  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।