Like us!
Follow us!

साहस उर्जाको आईपीओमा पहिलाे दिन कति पर्याे आवेदन ?

साहस उर्जाको आईपीओमा पहिलाे दिन कति पर्याे आवेदन ?

लगानी खबर, काठमाडाैँ - साहस उर्जा कम्पनी लिमिटेडले आजबाट निष्कासन गरेकाे साधारण सेयर (आईपिओ) मा पहिलाे दिनमै मागभन्दा धेरै आवेदन परेकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक  एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख १८ हजार ८ सय ७२ जना लगानीकर्ताले ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि खुल्ला गरिएकाे भन्दा १.२ गुणा धेरै आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता आईपिओ बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा लगानीकर्ताहरूले असोज १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।