लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार उच्च अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ३.८७ प्रतिशतले बढेको हो ।
बढेको बजारमा आज पनि सबै भन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । आज हाइड्रोपावरको २३ करोड, ३४ लाख ८५ हजार ५ सय ११ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : नेशनल हाइड्रोपावर कम्पनी, आरएमडिसी लघुवित्त, हिमालयन डिस्टिलरी लिमिटेड, अपि पावर कम्पनी, महालक्ष्मी विकास बैंक, सिटिजन बैंक इन्टरनेशनल लिमिटेड, सानिमा बैंक, ज्योती विकास बैंक र नेपाल बैंक रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।