लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार उच्च अंकले वृद्धि भएको छ । हिजो (मंगलबार) पनि सेयर बजार दोहोरो अंकले बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ३.८७ प्रतिशतले बढेको हो । बुधबार १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बढेको बजारमा आज सबै भन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा बेष्ट फाइनान्स कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४ सय ९९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : कर्पोरेट डेभलपमेन्ट बैंकको १० प्रतिशतले बढेर ९ सय ६२ रुपैयाँ ५० पैसा पुगेको छ । हिमाल दोलखा हाइड्रोपावरको १० प्रतिशते बढेर ३ सय ६८ रुपैयाँ ५० पैसा पुगेको छ । लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४ सय २७ रुपैयाँ ९० पैसा पुगेको छ । सिन्धु विकास बैंकको १० प्रतिशतले बढेर ५ सय ६ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, आज यूनिभर्सल पावर कम्पनी लिमिटेडको सेयर मूल्य पनि बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशले बढेर ४ सय ७८ रुपैयाँ ५० पैसा पुगेको छ । रिलायन्स फाइनान्सको १० प्रतिशतले बढेर ६ सय २७ रुपैयाँ पुगेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार १ सय ५ रुपैयाँ ५० पैसा पुगेको छ । दिव्यश्वरी हाइड्रोपावरको १० प्रतिशतले बढेर ३ सय ७४ रुपैयाँ पुगेको छ र मल्टीपर्पस फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर ५ सय ३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यस्तै आज युनियन हाइड्रोपावर, बेष्ट फाइनान्स र आइसि एफसि फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।