लगानी खबर, काठमाडाैँ - बुधबार सेयर बजार चम्किएकाे छ । सेयर बजारमा हरियाली देखिएपछि लगानीकर्ताहरूकाे मनाेबल पनि बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ मा पुगेकाे छ । नेप्से ३.८७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १९.४७ अंकले बढेर ५२८.१० मा पुगेको छ ।
कूल २१७ वटा कम्पनीकाे एक करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह ८.५४ प्रतिशतले बढेकाे छ ।
त्यसैगरी, आज काराेबार हुने १३ वटै उपसमूह बढेकाे छ । बुधबार १३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा घट्ने कम्पनीहरूमा जम्मा ४ वटा कम्पनी छन् । जसमध्ये, २ वटा डिबेञ्चर र २ वटा म्युचुअल फण्ड हुन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।