Like us!
Follow us!

नेप्सेमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, २ कम्पनीको कारोबार सर्किट लेभलमा

नेप्सेमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, २ कम्पनीको कारोबार सर्किट लेभलमा

लगानी खबर, काठमाडौं - आज (बुधबा) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

बुधबार मल्टीपर्पस फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स कम्पनी र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

मल्टीपर्पस फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर ५ सय ३९ रुपैयाँ पुगेको छ । गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स कम्पनीको १० प्रतिशतले बढेर ५ सय ८१ रुपैयाँ ९० पैसा पुगेको छ र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४ सय ७५ रुपैयाँ २० पैसा पुगेको छ । 

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त र साइन रेसुङगा डेभलपमेन्ट बैंकको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भईरहेको छ । 

यो समाचार तयर पार्दासम्म नेप्से परिसूचक १०३.८० अंकले बढेर २८१५.८७ विन्दुमा पुगेको छ । 
 

614adfcb1d76f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।