Like us!
Follow us!

नबिल दिगो बैंकिङका विषयमा वूमन लिडरसिप फोरमसँग अन्तरक्रिया

नबिल दिगो बैंकिङका विषयमा वूमन लिडरसिप फोरमसँग अन्तरक्रिया

लगानी खबर, काठमाडाैँ - महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा नबिल बैंक र नेपाल उद्योग परिसंघ – वूमन लिडरसिप फोरम (CNI – WLF)बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।

CNI – WLF संयोजक छाया शर्मा, CNI – WLF सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह समेत उपस्थित भएका उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थिती थियो ।

कार्यक्रमको सुरुवात गर्दै CNI – WLF संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्नुका साथै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस भन्ने कामना गरिन् । साथै उनले वित्तिय पहुँचसँगै वित्तिय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिइन् । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँगाउँमा पुर्याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरि दिगोे विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताइन् । कार्यक्रमको समापन गर्दै नबिल बैंकको संचालक समेत रहनु भएकी CNI – WLF सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताईन् । 

कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाको बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाको बारेमा साना तथा मझौला कर्जा/लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पारेका थिए । अन्तरक्रिया दौरान विभिन्न महिला उद्यमीहरुले उठाका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।