Like us!
Follow us!

मैलुङ खोलाको पहिलाे कारोबार कतिमा भयाे ?

मैलुङ खोलाको पहिलाे कारोबार कतिमा भयाे ?

लगानी खबर, काठमाडाैँ - धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता १८६ रूपैयाँ ५० पैसामा भएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

हिजाे (मंगलबार) कम्पनीकाे ३६ लाख ८१ हजार ४ सय ३० कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।