लगानी खबर, काठमाडौं - आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ७.८४ अंकले बढेर २७१९.९१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.५९ अंकले बढेर ५०९.२१ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २५ कम्पनीको २१ लाख ८९ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ ।
हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक २.३६ अंकले बढेर ५०८.६२ विन्दुमा पुगेको थियो । त्यस्तै, २२३ कम्पनीको ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।