Like us!
Follow us!

दोर्दी खोलाकाे साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

दोर्दी खोलाकाे साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडाैँ - दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (असाेज ६ गते, बुधबार) त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा अहिले बिहान ११ बजेबाट जुम मार्फत सञ्चालन हुनेछ । 

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन, वासलात नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ । त्यसैगरी, लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गरिनेछ  । 

त्यसैगरी, सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायहरुको निर्देशनमा प्रबन्धक तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २९ कराेड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरकाे २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न वैशाख २१ गते नै नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिइसकेकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।