लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) बाट मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे काराेबार खुल्नेछ ।
हिजाे (मंगलबार) कम्पनीकाे ३६ लाख ८१ हजार ४ सय ३० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKJC सिम्बाेल पाएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।