Like us!
Follow us!

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे ३६ लाख ८१ हजार ४ सय ३० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKJC सिम्बाेल पाएकाे छ । अब भाेलि बुधबारबाट दाेश्राे बजारमा काराेबार सुरू हुनेछ ।

61498f427a139.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।