Like us!
Follow us!

अरुण भ्यालीसहित यी १० कम्पनीको भयो सर्वाधिक करोबार

अरुण भ्यालीसहित यी १० कम्पनीको भयो सर्वाधिक करोबार

लगानी खबर, काठमाडौं - यस साताको पहिलो कारोबार दिन आज (सोमबार) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । 

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ४.०५ प्रतिशतले घटेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १९.५१ अंकले घटेर ५०६.२७ विन्दुमा पुगेको छ । 

घटेको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । आज हाइड्रोपावरले ४० कारोड ६५ लाख ३१ हजार ४ सय ३६ रुपैयाँको कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन डिस्टिलरी लिमिटेड, नबिल बैंक लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, अपि पावर कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, अरुण काबेली पावर र रिडी हाइड्रोपावर रहेका छन् । 

61485b8cc5ef3.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।