Like us!
Follow us!

राताम्मै भएको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

राताम्मै भएको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौं - यस साताको पहिलो कारोबार दिन आज (सोमबार) सेयर बजार भारी अंकले घटेको छ । 

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ४.०५ प्रतिशतले घटेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १९.५१ अंकले घटेर ५०६.२७ विन्दुमा पुगेको छ । आज सोमबार ७ ओटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

गिरावट आएको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा पोखरा फाइनान्स लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ६ सय १३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेर ४ सय २२ रुपैयाँ १० पैसा पुगेको छ । गुटविल फाइनान्सको १० प्रतिशतले घटेर ७ सय १८ रुपैयाँ २० पैसा पुगेको छ । घलेम्दी हाइड्रो लिमिटेडको १० प्रतिशतले घटेर ३ सय ७७ रुपैयाँ १० पैसा पुगेको छ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको १० प्रतिशतले घटेर ४ सय २३ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज आइसि एफसि फाइनान्सको सेयर मुल्य पनि घटेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ७ सय ६० रुपैयाँ ५० पैसा पुगेको छ । युनाइटेड इदि मर्दि आरबि हाइड्रोपावरको १० प्रतिशतले घटेर ६ सय १४ रुपैयाँ ७० पैसा पुगेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ९.९९ प्रतिशतले घटेर ४ सय ४९ रुपैयाँ ६० पैसा पुगेको छ । एक्सल डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशतले घटेर ६ सय ८६ रुपैयाँ ५० पैसा पुगेको छ र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ५ सय ४३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । 

6148574489316.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।