Like us!
Follow us!

नेप्से परिसूचक ११४ अंकले घट्यो, कहिले रोकिन्छ ओरालो यात्रा ?

नेप्से परिसूचक ११४ अंकले घट्यो, कहिले रोकिन्छ ओरालो यात्रा ?

लगानीखबर, काठमांडौ- साताको पहिलो कारोबार दिन आज (सोमबार) पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा झरेको छ । नेप्से ४.०५ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १९.५१ अंकले घटेर ५०६.२७ विन्दुमा झरेको छ । 

कूल २२९ वटा कम्पनीको एक करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणपश्चात् बजार निरन्तर जसो घटिरहेको  थियो । १२ करोडको सीमा प्रकरणले गर्दा ठूला लगानीकर्ताहरू प्यानिक भएर ऋणमुक्त हुन आफूले होल्ड गरेर राखेका मजबुत कम्पनीहरूको सेयर पनि बेचिरहेका छन् । बजार पुँजीकरण धेरै भएका यस्ता मजबुत कम्पनीहरू बेच्दा बजार एक्कासी तल झरेको विश्लेषकहरूको तर्क छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।