Like us!
Follow us!

नेप्से अपडेट : तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

नेप्से अपडेट : तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - यस साताको पहिलो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

आज गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी, नेपाल हाइड्रो डेभलपर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । 

सोमबार गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ५ सय २२ रुपैयाँ पुगेको छ ।  मल्टीपर्पस फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ४ सय ८६ रुपैयाँ पुगेको छ र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य १० प्रतिशतले घटेर ५ सय ४१ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, सिइडिबी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर कारोबार नकारत्मक सर्किट लेभलमा भई रहेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १०५.६० अंकले घटेर २७०६.६६ विन्दुमा पुगेको छ । यस्तै, ४ अर्ब ९३ करोड, १ लाख ३४ हजार ३ सय ६९ रुपैयाँको कारोबार भएको छ । 

61484040c1a40.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।