लगानी खबर, काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नेपाल बंगलादेश क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।
अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड मार्फत हुनेछ । सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा नेपाल बंगलादेश क्यापिटल लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडबीच भदौ ३१ गते बिहीबारको दिन द्विपक्षीय सम्झौता भएको छ ।
उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन् ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भदौ २५ गते, शुक्रबार भइसकेको छ ।
कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।