Like us!
Follow us!

नेरुडे लघुवित्तको बोनस हितग्राही खातामा जम्मा, तपाईको खातामा आयो कि आएन ?

नेरुडे लघुवित्तको बोनस हितग्राही खातामा जम्मा, तपाईको खातामा आयो कि आएन ?

लगानी खबर, काठमाडौं - नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको जनाएको छ । गत आर्थिक बर्षको मुनाफाबाट बितरण गरेको ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको कम्पनीले जनाएको हो ।

संस्थाको गत बर्ष फागुन २२ गते सम्पन्न भएको १४औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर २०७७ फाल्गुन ६ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र त्यसपछि सेयर अभौतिकिकरण गर्ने सेयर धनीहरुको हितग्राही खातामा क्रमश बोनस सेयर जम्मा गरिने व्यबस्था गरेको कम्पनीले जनाएको छ । 

त्यस्तै, संस्थाले हालसम्म पनि आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई यथाशिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस हितग्राही खातामै प्राप्त गर्नका लागि आग्रह गरेको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।