Like us!
Follow us!

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडौं - नेपाल ल्युब आयल निगमको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज असोज ४ गते अन्तिम दिन रहेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको ३० औं वार्षिक साधारणसभा आह्वान गर्नुका साथै सेयरधनीहरुका लाभांश प्रस्ताव गरेको थियो ।

लाभाश तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले आज सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारसभामा सहभागि हुन र लाभाश प्राप्त गर्न सक्नेछन् । 

संचालक समितिको निर्णयानुसार वार्षिक साधारणसभा असोज १८ गते संस्थाको कार्यालय झम्सिखेल, ललितपुर भर्च्युअल् माध्यमबाट बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप गरेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।