Like us!
Follow us!

संविधान दिवसमा २३ कैदीलाई आममाफी

संविधान दिवसमा  २३ कैदीलाई आममाफी

लगानी खबर, काठमाडाैँ - संविधान दिवसको अवसरमा चितवन कारागारका २३ कैदीले आममाफी पाएका छन् । बानी व्यवहारमा राम्रो आचरण भएका र आधा कैद भुक्तान गरिसकेका कैदीलाई संविधान दिवसको दिन राष्ट्रपतिले आममाफी दिने गरेकी छन् ।

आममाफी पाएका २३ जना कैदी आइतबार कारबागारबाट छुटेका चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए । आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका नाैजना, कर्तव्य ज्यानका  तीनजना, ज्यान मार्ने उद्योगका दुईजना, बहुविवाहका चारजना, हातहतियार मुद्दाका एक र चोरी मुद्दाका चारजना कैदी छन् । 

उनीहरू छुटेपछि अब कारागारमा तीन आश्रित बालिका र ६ सय ९१ जना कैदी बाँकी रहेका काफ्लेले बताए । बाँकी कैदीमध्ये ४५ महिला र ६ सय ४६ पुरुष कैदी छन् । चितवन कारागारको क्षमता दुई सय ८० जना रहेकाे छ । तर, यस कारागारमा क्षमताको तीन गुणासम्म कैदीलाई राख्ने गरिएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।