Like us!
Follow us!

सरकारबाट विभुषित भइन् मेगा बैंककी डेपुटी सिइओ रविना देशराज श्रेष्ठ

सरकारबाट विभुषित भइन् मेगा बैंककी डेपुटी सिइओ रविना देशराज श्रेष्ठ

लगानी खबर, काठमाडाैँ - मेगा बैंक नेपाल लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित भएकी छिन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री ९चुतर्थ० घोषणा गरेकी हुन् । डेपुटी सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय २१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् । करिब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर छिन् । 

भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।