लगानी खबर, काठमाडाैँ - अप्पर स्याङ्गे हाइड्राेपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।
कम्पनीको असाेज १ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असाेज २४ कम्पनीकाे रजिष्टर्ड कार्यालय, चन्डाेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 
सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीकाे अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशाेधन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । 
त्यसैगरी, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, तथा सोहि अवधिको नगदप्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । 
सूचना हेर्नुहाेस् :

                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।