Like us!
Follow us!

कामना सेवा बैंकद्धारा एनआरएन बचत खाता सञ्चालनमा

कामना सेवा बैंकद्धारा एनआरएन बचत खाता सञ्चालनमा

लगानी खबर, काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित उनीहरूका परिवारजनहरुका लागि बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो । 

७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैंकिङ्गको सुविधा रहेको छ । उक्त बचत खाता सञ्चालन पश्चात अब विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । 

त्यस्तै, यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पनि पाइनेछ । यो खाता अनलाईन माध्यमबाट पनि खोल्न सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।