लगानी खबर, काठमाडाैँ - आँखुखोला जलविद्युत कम्पनी लिमिटेडकाे संस्थापक सेयरको लकिङ अवधि सकिन लागेकाे छ ।
आयोजना प्रभावित धादिङका स्थानीयलाई आईपीओ बाँडफाँड भएकाे असाेज ४ गते ३ वर्ष पूरा हुने भएकाले असाेज ५ गतेबाट कम्पनीको सेयर पनि कारोबारका लागि खुल्ला हुने भएको हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९ सय ८० कित्ता सेयर बाँडफाँड गरेकाे थियाे ।
त्यसैगरी, ६० लाख कित्ता संस्थापक सेयर बाँडफाँडको आगामी कार्तिक ११ गते ३ वर्ष पुरा हुने भएकोले कार्तिक १२ गतेदेखि लकिङ पिरियड समाप्त भई कारोबार गर्न सकिनेछ ।
सूचना हेर्नुहाेस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।