लगानी खबर, काठमाडाैँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांशका साथसाथै हकप्रद सेयरकाे पनि घाेषणा गरेकाे छ ।
कम्पनीको आज (भदाै ३१ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
त्यसैगरी, कम्पनीले बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीकाे १:०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घाेषणा पनि गरेकाे छ ।
लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।