Like us!
Follow us!

यी हुन् बिहीबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

यी हुन् बिहीबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - यस महिनाको अन्तिम कारोबार दिन आज आज बिहीबार सेयर बजार भारी अंकले घटेको छ । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७६.६५ अंकले घटेर २८१२.३८ बिन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक २.६५ प्रतिशतले घटेको हो । 

गिरावट आएको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । आज हाइड्रोपावरले ३८ करोड ६० लाख ४३ हजार ५०८ रुपैयाँको कारोबार गरेको छ । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : रिडी हाइड्रोपावर, अपि पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल बैंक लिमिटेड, आइसि एफसि फाइनान्स, नेशनल हाइड्रोपावर, अरुण काबेली पावर र ज्योती विकास बैंक रहेका छन् । 

614315a19a294.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।