लगानी खबर, काठमाडाैँ - बिहीबार पनि सेयर बजारमा उच्च गिरावट देखिएकाे छ । बैंकहरुले भाेलि असोज १ गते, शुक्रबारदेखि लागु हुनेगरी सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । त्यसकाे असर सेयर बजारमा देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ विन्दुमा झरेकाे छ । नेप्से २.६५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झरेको छ ।
कूल २२९ वटा कम्पनीकाे एक कराेड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।
बिहीबार पनि काराेबार रकममा अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे ३८ कराेड ६० लाख ४३ हजार ५ सय ८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
आज जम्मा १० वटा कम्पनीकाे सेयरमूल्य बढेकाे छ । मनकामना लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ९९ रूपैयाँ ९० पैसा पुगेकाे छ ।
त्यसैगरी, बिहीबार कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.१७ प्रतिशतले घटेर ९ सय ५५ रूपैयाँमा झरेकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।