Like us!
Follow us!

भारी अंकले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

भारी अंकले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौं - यस महिनाको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजारमा भारी अंकले घटेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७६.६५ अंकले घटेर २८१२.३८ बिन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक २.६५ प्रतिशतले घटेको हो । 

घटेको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । आज बैंकको सेयर मूल्य ८.१७ प्रतिशतले घटेर ९ सय ५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : श्री इन्भेष्टमेन्ट फाइनान्सको ७.१८ प्रतिशतले घटेर ५ सय ६९ रुपैयाँ पुगेको छ । आइसि एफसि फाइनान्सको ७.०३ प्रतिशतले घटेर ८ सय ४५ रुपैयाँ पुगेको छ । लिवर्टी इनर्जी कम्पनीको ६.७४ प्रतिशतले घटेर ४ सय १५ रुपैयाँ पुगेको छ । चन्द्रागिरि हिल्स लिमिटेडको ६.५६ प्रतिशतले घटेर १ हजार ४ सय ११ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज गुडविल फाइनान्सको सेयर मूल्य पनि घटेको छ । आज कम्पनीको सेयर मूल्य ६.४५ प्रतिशतले घटेर ७ सय ९८ रुपैयाँ पुगेको छ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ६.२६ प्रतिशतले घटेर ५ सय ३९ रुपैयाँ पुगेको छ । युनियन हाइड्रोपावरको ६.२६ प्रतिशतले घटेर ४ सय ३६ रुपैयाँ पुगेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ६.२४ प्रतिशतले घटेर ४ सय ३६ रुपैयाँ पुगेको छ र बरुण हाइड्रोपावरको सेयर मूल्य ६.०७ प्रतिशतले घटेर ५ सय ७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

6143106b6e796.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।