लगानी खबर, काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । उक्त नयाँ ब्याजदर विभिन्न खातामा भोलि असोज १ गते देखि लागु हुने बैंकले जनाएको छ ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज ७ प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म तोकिएको छ ।
त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ५ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । साउन मसान्तमा बैंकको ब्याजको आधारदर ५.८५ प्रतिशत कायम गरेको छ ।
हेर्नुहोस् बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।