Like us!
Follow us!

सनराईज बैंकद्धारा नयाँ ब्याजदर सार्वजनिक, मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने

सनराईज बैंकद्धारा नयाँ ब्याजदर सार्वजनिक, मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने

लगानी खबर, काठमाडौं - सनराईज बैंक लिमिटेडले भोलि असोज १ गते देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा ५.०७ प्रतिशत व्याज दिनेछ भने बैंकको मुद्दति निक्षेपको व्याज ९.०७ प्रतिशतदेखि १०.०७ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै, कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । साउन मसान्तमा बैंकको ब्याजको आधारदर ७.०१ प्रतिशत कायम गरेको छ । 

हेर्नुहोस् बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर :

6142e21956a5d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।