लगानी खबर, काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद र लाभांश सुरक्षतित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले हकप्रद र साधारणसभा प्रयोजनका लागि असोज १ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुन शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न, लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
बैंकको गतबर्ष चैत्र २६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कोषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो । असोज १६ गते बिहान ११ बजे सिद्धार्थ होटल, विर्तामोड, झापामा पन्ध्रौ वार्षिक साधारणले उक्त लाभांश समेत अनुमोदन गर्नेछ ,
बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । 
साधारण सभाले लाभांश पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ। बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ।
हाल बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रूपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर निष्कासनपछि बैंकको पूँजी १ अर्ब ५ करोड ४४ लाख पुग्नेछ ।
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।