लगानी खबर, काठमाडौं - गरिमा विकास बैंकले पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’ सँग विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ ।
गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३% र फुड एण्ड वेभरेजमा १४% छुट पाउन सकिने बैंकले जारी गरेको विज्ञप्ति उल्लेख छ ।
त्यस्तै, गरिमा विकास बैंकले ‘द एभरेष्ट होटल’ सँग पनि पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट सम्बन्धी सम्झौता गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।