लगानी खबर, काठमाडौं - मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले विभिन्न तीन नयाँ स्थानमा तीन ओटा नयाँ शाखा थप गरेको छ ।
कम्पनीले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचौक भरतपुर र पर्साबजार शाखाको कारोबार शुभारम्भ गरेको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समितिका सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
काठमाडौँको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि, मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए । अब थप ३ सहित कम्पनीको शाखा संख्या १८ रहनेछ ।
२०७८ साल असार मसान्तसम्म ९६ करोड ५३ लाख रूपैयाँ चुक्ता पुँजी एवं ५० करोड रूपैयाँ डिबेञ्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८ अर्ब ९१ करोड निक्षेप संकलन गरी ७ अर्ब ९५ अर्ब कर्जा परिचालन गरेको छ ।
यसका साथै, यस फाईनान्सले विप्रेषण, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र ब्त्ः सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक व्याजदरको सुविधा दिँदै आएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।