Like us!
Follow us!

यूनियन लाइफले ल्यायो जीवन दिप बीमा योजना, के- के छन् सुविधा ?

यूनियन लाइफले ल्यायो जीवन दिप बीमा योजना, के- के छन् सुविधा ?

लगानी खबर, काठमाडौँ - यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन दिप बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । 

ग्राहकहरूको बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमाशुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नबिनतम प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन सकिने कम्पनीले जनाएको छ । न्युन बीमाशुल्कमा अधिक लाभ लिन सकिने जीवन दिप म्यादी जीवन बीमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्युन आय भएका बर्गका मानिसहरूले पनि सहजै बीमा गर्न सक्ने अवस्था भएको कम्पनीले जनाएको छ ।

यसैगरी, उक्त बीमा योजना अन्तर्गत प्राकृतिक रूपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारिरीक अशक्तता भएमा बीमालेखको अवधी सम्म बीमाशुल्क छुट र नियमित रूपमा मासिक आय सुविधा समेत उपलब्ध गराईने व्यवस्था रहेको छ । 

व्यक्तिगत तथा संस्थागत रूपमा समेत बीमा गर्ने सुविधा रहेको उक्त बीमा योजना अन्तर्गत न्युनतम ३ लाख बीमाङ्क र अधिकतम आयश्रोतको आधारमा आवश्यक्ता अनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना लिन सकिने सुविधा रहेको छ । उक्त बीमा योजना १६ वर्ष देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरूले ५ वर्ष देखि २५ वर्ष सम्मको अवधीका लागि लिन पाउने व्यवस्था गरिएको छ । वार्षिक रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त बीमा योजना बीमा गर्न चाहनेहरूको लागि उपयुक्त बीमा योजना भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, जीवन दिप बीमा योजना नविन विशेषता भएको, न्युन शुल्कमा अधिक बीमाङ्क रकमको बीमा गर्न सकिने र व्यक्तिगत तथा संस्थागत रूपमा समेत लिन सकिने भएकाले यो योजना आम मानिसहरूको रोजाईमा पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले दाबी गरेका छन् । खासगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ संस्था, कलेज, स्कुल, असंगठित क्षेत्र लगायतका व्यक्तिहरूको लागि उपयोगी बीमा योजना रहेको उनले बताएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।