Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंकले २८ हजार ७ सय ८४ कित्ता संस्थापक सेयर बिक्री गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले २८ हजार ७ सय ८४ कित्ता संस्थापक सेयर बिक्री गर्ने

लगानी खबर, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २८ हजार ७ सय ८४ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै बैंकका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने समेत बैंकले जनाएको छ । 

हेर्नुहोस् बैंकले प्रकाशन गरेको सूचना :

614190017ae35.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।