Like us!
Follow us!

युनिलिभर नेपालले गर्यो लाभांश लिन अनुरोध, नलिए लगानीकर्ता संरक्षण कोषमा जाने

युनिलिभर नेपालले गर्यो लाभांश लिन अनुरोध, नलिए लगानीकर्ता संरक्षण कोषमा जाने

लगानी खबर, काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले पुराना दुई आर्थिक वर्षको भुक्तानी हुन बाँकी रहेको ६६ लाख ३८ हजार ९८० रूपैयाँ बराबरको लाभांश लिन सेयरधनीहरुलाई अनुरोध गरेको हो । 

आर्थिक वर्ष ०६९/७० को कुल लाभांशमध्ये १८ लाख ९८ हजार ८६० रूपैयाँ र आर्थिक वर्ष ०७१/७२ को कुल लाभांशमध्ये ४७ लाख ४० हजार १२० रूपैयाँ वितरण हुन बाँकी रहेको कम्पनीले जानकारी दिएको छ । 

पाँच वर्ष पुरानो लाभांश सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुले हालसम्म पनि लिन नआएकाले कम्पनीले यथाशिघ्र उक्त लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई अनुरोध गरेको छ । 

कम्पनीले बुधबार सूचना जारी गर्दै आगामी ३० दिनभित्र आफ्नो शेयर प्रमाणपत्र साथ कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको हो । सो अवधिभित्र लाभांश लिन नआएमा उक्त लाभांश कम्पनी ऐनको दफा १८३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।

कम्पनीले जारी गरेको सूचना हेर्नुहोस् :

61418920163d2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।