Like us!
Follow us!

नेशनल माइक्रोफाइनान्सकाे लिलामी सेयर खुल्याे, कसरी भर्ने ?

नेशनल माइक्रोफाइनान्सकाे लिलामी सेयर खुल्याे, कसरी भर्ने ?

लगानी खबर, काठमाडाैँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (भदाै ३० गते, आइतबार) बाट संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । संस्थाले ३६ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असाेज १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे छ । लगानीकर्ताले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

 

61417e2316347.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।