लगानी खबर, काठमाडौं - विभिन्न २ वटा कम्पनीको संस्थापक समूहको सेयर भोलि ९भदौ २१ गते, बिहिबार० बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिने भएको छ ।
मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएको हो ।
जसमध्ये, मञ्जुश्री फाइनान्सको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ र ज्योति विकास बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ तोकिएको छ लगानीकर्ताहरुले दुवै कम्पनीको सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।