Like us!
Follow us!

सिटी एक्सप्रेस मनी ट्रान्सफर र टेरा पेमेन्ट सर्भिसबीच रेमिटान्स सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र टेरा पेमेन्ट सर्भिसबीच रेमिटान्स सम्झौता

लगानी खबर, काठमाडौं Europe को ख्यातिप्राप्त Terra Payment Services र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । 

उक्त कारोबार सुरु भए पश्चात अब Europe मा रहेका नेपालीहरुले Terra Pay को सेवा प्रयोग गरी Europe तथा ७९ अन्य देशहरु बाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ, साथै नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र TerraPay को तर्फबाट सह संस्थापक Ani Sane ले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।