Like us!
Follow us!

१५६२ जनामा कोरोना संक्रमण पुष्टि, १५८९ जना संक्रमणमुक्त

१५६२ जनामा कोरोना संक्रमण पुष्टि, १५८९ जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ५ सय ८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४ सय ४३ जनाको कोरोना परीक्षण भएकोमा १ हजार ५ सय ६२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा १० हजार २ सय ६६ जनाको पिसिआर परिक्षण गर्दा १ अजार १ सय ८० जना र ४ हजार १ सय ७७ जनाको एन्टीजेन परिक्षण गर्दा ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा १९ जना संक्रमितको मृत्यू भएको छ । हाल २६ हजार २ सय २ जना सक्रिय संक्रमित छन् ।

6140814ba0d9e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।