Like us!
Follow us!

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए

लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजार दोहोरो अंकले घटेको छ । 

मंगलबार नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेको हो । 

दोहोरो अंकले घटेको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर ७ सय ५५ रुपैयाँ ९० पैसा पुगेको छ । मंगलबार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट पनि लागेको थियो । 

त्यसैगरी, सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : सानिमा लाईफ इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेर ७ सय २८ रुपैयाँ पुगेको छ । रैराङ हाइड्रोपावरको ५.०४ प्रतिशतले बढेर ६ सय ८८ रुपैयाँ पुगेको छ । एनआइबिएल समृद्धि फण्डको ३.९४ प्रतिशतले बढेर १२ रुपैयाँ ९४ पैसा पुगेको छ । कालिका मइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३.४६ प्रतिशतले बढेर १ हजार ३ सय ४५ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर पनि बढेको छ । आज हाइड्रोको सेयर ३.४० प्रतिशतले बढेर ५ सय ४८ रुपैयाँ पुगेको छ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको २.९८ प्रतिशतले बढेर १ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । गुडविल फाइनान्सको २.४६ प्रतिशतले बढेर ८ सय ९१ रुपैयाँ ४० पैसा पुगेको छ । नेशनल माइक्रोफानान्स वित्तीय संस्थाको १.८४ प्रतिशतले बढेर ३ हजार ४५ रुपैयाँ पुगेको छ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १.५१ प्रतिशतले बढेर २ हजार ८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

6140791d9968b.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।