Like us!
Follow us!

अरुण भ्यालीसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

अरुण भ्यालीसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजार घटेको छ । 

मंगलबार नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेको हो । 

गिरावट आएको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । आज हाइड्रोपावरले २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँको कारोबार गरेको छ । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : रैराङ हाइड्रोपावर, युनाइडेड मोदी हाइड्रोपावर, एनआइसी एशिया बैंक, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी हाइड्रोपावर, सिटिजन बैंक इन्टरनेशनल लिमिटेड, आइसि एफसि फाइनान्स र हिमालयन डिस्टिलरी लिमिटेड रहेका छन् । 

614072a736e92.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।