Like us!
Follow us!

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, दिनहुँ घट्दै काराेबार रकम

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, दिनहुँ घट्दै काराेबार रकम

लगानी खबर, काठमाडाैँ - मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । काराेबार रकम पनि दिनहुँ घटिरहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ५४५.६६ विन्दुमा झरेको छ । 

कूल २२२ वटा कम्पनीकाे एक कराेड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, मंगलबार पनि काराेबार रकममा अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडले नै अग्रता कायम गरेकाे छ । आज मनकामना लघुवित्तकाे सेयरमूल्य सबैभन्दा धेरै बढ्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।