Like us!
Follow us!

गिरावट आएको बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

गिरावट आएको बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । 

मंगलबार नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेको हो । 

गिरावट आएको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य ५.५६ प्रतिशतले घटेर १९ हजार ४ सय ५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको ३.८७ प्रतिशतले घटेर ६ सय ७० रुपैयाँ पुगेको छ । सिटिजन म्युचुअल फण्ड २ को इकाई मूल्य ३.७७ प्रतिशतले घटेर १० रुपैयाँ ७२ पैसा पुगेको छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर मूल्य ३.६४ प्रतिशतले घटेर २ हजार ११ रुपैयाँ पुगेको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक सेयरको ३.५६ प्रतिशतले घटेर १५ हजार ४५ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज अजोड इन्स्योरेन्सको सेयर मूल्य पनि घटेको छ । आज कम्पनीको सेयर मूल्य ३.५० प्रतिशतले घटेर ८ सय २९ रुपैयाँ पुगेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको ३.३३ प्रतिशतले घटेर ४ सय ३६ रुपैयाँ पुगेको छ । एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३.२० प्रतिशतले घटेर ८ सय १६ रुपैयाँ पुगेको छ । आँखुखोला जलविद्युत कम्पनीको २.८८ प्रतिशतले घटेर ४ सय ५ रुपैयाँ पुगेको छ र ङादी ग्रुप पावरको सेयर मूल्य २.८२ प्रतिशतले घटेर ८ सय २६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

61406dd8d7417.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।